दिपक मनाङेको मुद्दा हेर्न नमिल्नेमा

सफल खबर संवाददाता

विहीबार, ०४ बैशाख २०८२, १६ : २६
दिपक मनाङेको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौँ । दीपक मनाङेको ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभाका निलम्बित सांसद दीपक मनाङेको ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा गत कात्तिक २० गते अन्तिम फैसला गर्दै पाँच वर्ष कैदको फैसला गरेको थियो ।

सर्वोच्चको फैसला पुनरावलोकनका लागि मनाङेले निवेदन दिएका थिए ।न्यायाधीशत्रय कुमार चुडाल, नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो ।

मनाङेले दायरको गरेको रिटमा यसअघि जिल्ला अदालत काठमाडौँले गत फागुनमा १ वर्ष कैद छुटको आदेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस