उपेन्द्र यादवको मुद्दा हेर्न नमिल्नेमा

सफल खबर संवाददाता

विहीबार, १३ भदौ २०८१, १२ : ११
उपेन्द्र यादवको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दा आजको लागि पेसी तोकिए पनि हेर्न नमिल्नेमा परेको छ ।

सर्वोच्च अदालतको पूर्ण इजलास (तीन न्यायाधीशको इजलास)मा पेसी तोकिए पनि हेर्न नमिल्ने भएपछि स्थगित भएको हो ।  यसअघि संयुक्त इजलासले गम्भीर संवैधानिक व्याख्याको विषय देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले जेठ २७ गते बहस सुनेपछि पूर्ण इजलासमा पेस गर्ने आदेश गरेको थियो । उक्त आदेश अनुसार आजकुमार रेग्मी, तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा पेशी तोकिएको थियो ।