काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज पनि थुनछेक बहस हुने भएको छ ।
काठमाडौंको स्वर्ण लक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणका प्रतिवादी लामिछानेको थुनछेक बहस सोमबार पनि नसकिएले आज पनि हुन लागेको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दका अनुसार सोमबार सरकारी वकिल र जाहेरवाला पक्षको मात्र बहस भएकाले प्रतिवादीको तर्फबाट बहस हुन सकेको थिएन ।
बुधबार लामिछानेको तर्फबाट बहस भएपछि उक्त मुद्दामा थुनछेक आदेश हुने उनले बताए । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा थुनछेक हुँदै अँएको छ ।
काठमाडौंको कालीमाटीस्थित स्वर्ण लक्ष्मी सहकारी ठगी मुद्दामा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको रिट सर्वोच्चका न्यायाधीश ढुंगानाको इजलासमा
रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई लगियो रुपन्देही
रवि लामिछाने दुई दिन रूपन्देही प्रहरी हिरासतमा रहने
‘राज्यले आफ्नो नागरिकलाई पक्रन राति कै समय किन रोज्छ ?’