काठमाडौं । मुलुकमा संघीयता कार्यान्वयन भएसँगै कुटनीतिक राहदानी (रातो पासपोर्ट) को प्रयोग समेत छ ।
तीन तहको निर्वाचनपछि जनप्रतिनिधि तथा मन्त्रीको संख्या बढेसँगै राहदानी विभागबाट कुटनीतिक राहदानी विगतको भन्दा धेरै जारी भएको छ ।
मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लागू भएयता आठ वर्षको अवधिमा चार हजार ४०७ पटक कुटनीतिक राहदानी जारी भएको छ ।
गत वर्ष राहदानी विभागले ५३७ वटा रातो पासपोर्ट जारी गरेको छ । यस वर्ष असोज मसान्तसम्म ५९७ वटा राहदानी जारी भइसकेको विभागका सूचना अधिकारी तीर्थराज अर्यालले जानकारी दिए ।
मन्त्री, सांसददेखि नगर प्रमुख र सरकारी कर्मचारीसम्मले रातो पासपोर्ट प्रयोग गर्दै आएका छन् । जनप्रतिनिधि तथा सरकारका पदाधिकारीबाट कुटनीतिक राहदानीका लागि विगतको भन्दा सिफारिस बढी आएको विभागका सूचना अधिकारी अर्यालले बताए । आजको नयाँ पत्रिकामा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ कार्तिक २०७५, ०८ : १९
लेखकबाट थप