सुर्खेत । नेपाली काँग्रेसका नेता एनपी साउदले सङ्गठनलाई कमजोर बनाएर पार्टी मजबुत हुन नसक्ने बताएका छन् । काँग्रेस सुर्खेतले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले सङ्गठनलाई एक ढिक्का बनाएर मात्रै पार्टी मजबुत हुने बताएका हुन्।
अर्कालाई गाली गरेर, अर्कामाथि आक्रमण गरेर, आफ्नो सङ्गठन कमजोर बनाएर, सङ्गठनमा विभाजन ल्याएर पार्टी मजबुत हुन सक्दैन,’ साउदले भने । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले अन्य पार्टीहरुलाई समेट्दै आफ्नो जनाधार बलियो बनाएर मात्रै ठूलो पार्टी बन्न सकिने बताए ।
‘बहुमत प्राप्त पार्टी बन्ने भन्ने कुरा एक्लिएर बन्न सकिँदैन,’ उनले भने, ‘पार्टीहरुलाई समेटेर आफ्नो जनाधारलाई मजबुत गरेर मात्रै सबैभन्दा ठूलो पार्टी बन्न सकिन्छ,’ उनले भने । नेपालको संवैधानिक संरचनाले कुनै पनि एक दललाई बहुमत ल्याउने सुविधा नदिएको साउदले बताए ।
‘कुनै विशेष परिस्थितिभन्दा बाहेक एउटै पार्टीले बहुमत ल्याउने सुविधा सविधानको संरचनाले दिएको छैन,’ उनले भने, ‘त्यो सुविधा नदिने भएकाले भोलिको दिनमा हाम्रो संसदमा हंक पार्लियामेन्ट (त्रिशंकु सदन), एकै दलको बहुमत नभएको संसद गठन हुने व्यापक सम्भावना रहन्छ ।’
संविधानले नै फरक–फरक विचार भएका दलहरु एकै ठाउँमा सँगसँगै काम गर्ने कुराको परिकल्पना गरेको नेता साउदको भनाइ छ । ‘हाम्रो संविधानले नै सहकार्यको संस्कृति, गठबन्धनको संस्कृति, फरक-फरक विचार, चेतना र सोच भएका दलहरु पनि एकै ठाउँमा सँगसँगै काम गर्ने कुराको परिकल्पना गरेको छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ जेठ २०८१, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेशबाट देश चलाउनु गलत : एनपी साउद
समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ : पूर्वमन्त्री साउद
सरकारले फिट गरेको डाइनामाइट पड्कियो भने चट्टानलाई क्षति पुर्याउन सक्छ : एनपी साउद
भारतसँगको सीमा समस्याको राजनीतिक समाधान खोज्नुपर्छ : परराष्ट्रमन्त्री साउद