यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

सोमबार, ११ चैत्र २०८१, ०८ : ३७
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलरको भाउ स्थिर रहेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ २६ पैसा र बिक्रीदर १३७ रुपियाँ ८६ पैसा कायम भएको छ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १४८ रुपियाँ ४५ पैसा र बिक्रीदर १४९ रुपियाँ १० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपियाँ ३३ पैसा र बिक्रीदर १७८ रुपियाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपियाँ ३९ पैसा र बिक्रीदर १५६ रुपियाँ ०७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ०८ पैसा र बिक्रीदर ८६ रुपियाँ ४५ , क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ६५ पैसा र बिक्रीदर ९६ रुपियाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपियाँ ७३ पैसा र बिक्रीदर १०३ रुपियाँ १८ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १९ पैसा र बिक्रीदर नौ रुपियाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९३ पैसा र बिक्रीदर १९ रुपियाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५९ पैसा र बिक्रीदर ३६ रुपियाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६५ पैसा र बिक्रीदर ३७ रुपियाँ ८२ पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस