नदीमा डुबेर दुई किशोरको मृत्यु, दुई घाइते

सफल खबर संवाददाता

शनिबार, ०२ चैत्र २०८१, ११ : ४२
नदीमा डुबेर दुई किशोरको मृत्यु, दुई घाइते

धनगढी। धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको हो । प्रहरीका अनुसार नदीमा डुबेको अवस्थामा सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको शव निकालिएको थियो ।

उनीहरुसँगै नदीमा नुहाउन गएका अन्य दुई किशोर पनि डुबेर घाइते भएका छन् । घाइते हुनेमा फूलबारीकै १६ वर्षीय करनसिंह धामी र १५ वर्षीय अदर्श पुजारा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस