काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला अदालतमा हाजिर भएकी छन्। कोइराला सहकारी ठगी प्रकरणमा फरार थिइन्।
बुधबार बिहान अदालतमा हाजिर भएकी कोइरालाको केही समयमा थुनछेक बहस सुरु हुने अदालतका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले प्रशासनलाई जानकारी दिए ।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्। सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
वडाध्यक्ष खवास भने ५ लाख धरौटीमा रिहा भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अदालतको आदेशलगत्तै १० लाख बुझाएर लेखा समिति सभापतिकी श्रीमती कोइराला रिहा