यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शनिबार, २० पुस २०८१, ०७ : ३०
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ। यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ।

युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर,डेनिस क्रोनरको भने भाउ घटेको छ। केही विदेशी मुद्राको भाउ भने स्थिर रहेको छ।

केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपियाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ ५४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपियाँ ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपियाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपियाँ बिक्रीदर एक सय ७० रुपियाँ ७४ पैसा , स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपियाँ ६७ पैसा र बिक्रीदर एक सय ५१ रुपियाँ ३३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ २१ पैसा र बिक्रीदर ८५ रुपियाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ११ पैसा र बिक्रीदर ९५ रुपियाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपियाँ ९६ पैसा र बिक्रीदर एक सय रुपियाँ ४० पैसा निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस