काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो। बैठकले आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । बैठक शनिबारसम्म चल्नेछ।
बैठकमा पार्टीको पछिल्ला समामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषयमा छलफल हुनेछ। आफू नेतृत्वको सरकार ढलेर प्रतिपक्षमा पुगेको पाँच महिनापछि प्रचण्डले सिंगो केन्द्रीय कमिटीको बैठक फेस गर्दैछन् । केन्द्रीय कमिटीको बैठकअघि प्रचण्डले सबै प्रदेशस्तरीय परामर्श बैठक गरेका थिए ।
आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी, पदाधिकारीसहित अन्य कमिटी पनि विधान अनुसार सानो बनाउनुपर्नेमा नेताहरूको जोड छ । आजको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पेरिसडाँडा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ पुस २०८१, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रका उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै
अपराधिक कार्य गर्ने सबैलाई कारबाही गर : माओवादी केन्द्र
दलित समुदायको उत्थान नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : राधेश्याम पासवान
सरकारकै नालायकीले राजावादीहरू सक्रिय भएको माओवादीको निष्कर्ष
माओवादीको पहलमा प्रदर्शनको तयारीमा गणतन्त्रवादीहरू
पूर्वसांसद साह माओवादी केन्द्रमा प्रवेश