काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आगामी माघमा देशभर जागरण अभियान सञ्चालन गर्नेबारे छलफल गरेको छ । मङ्गलवार अभियानका संयोजक समेत रहेका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बसेको उपलब्ध पार्टी पदाधिकारी बैठकले माघ महिनामा देशभर जागरण अभियान सञ्चालन गर्ने विषयमा छलफल गरेको हो ।
एकीकृत समाजवादीले आगामी निर्वाचनलाई लक्षित गरी उक्त अभियान चलाउने जनाएको छ । आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने घोषणा गरेको सो पार्टीले अभियानसँगै सङ्गठन विस्तारलाई जोड दिने बताएको छ ।
‘मंगलबारको बैठकमा अभियानको तयारी कसरी गर्ने भनेर छलफल भएको हो’, उपमहासचिव रामकुमार भट्टराईले भने,‘माघमा देशभर जागरण अभियान चलाउने भन्ने छलफल भएको छ । त्यसको कार्यक्रम र रूपरेखाबारे अर्को बैठक बसेर निर्णयमा पुगिन्छ ।
अभियानका क्रममा जनतामा जाँदा पार्टीले स्वदेशी उद्योग प्रवर्द्धन ,महँगी एवं भ्रष्टाचार नियन्त्रण गरी रोजगारी र सुशासनलगायतका विषय अघि सार्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ पुस २०८१, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँः माधव नेपाल
राजतन्त्र पुनर्स्थापना हुने सम्भावना छैन : नेपाल
जुनैबेला संसद विघटन गर्नसक्छु भन्ने सोचेर प्रधानमन्त्री ओली बसेका छन्ः माधव नेपाल
वंशको आधारमा लुट्नेहरूको हातमा देश बर्बाद हुन्छ : नेपाल
स्वाधीन अर्थतन्त्र निर्माण गर्न सके शहीदप्रति सच्चा श्रद्धाञ्जली हुनेछ : अध्यक्ष नेपाल
कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : माधव नेपाल