काठमाडौं । मंगलबार सेयर बजारको अंक २६ सयमुनि झरेको छ । अघिल्लो कारोबार दिन २६०९ अंकमा रहेको नेप्से यस दिन ३३.०८ अंक घटेर २५७६ अंकमा झरेको हो । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ४७ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६७ करोडको भयो ।
जम्मा २८ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ३ को स्थिर रह्यो । अन्यबाहेक सबै सेक्टरका सूचक घटेका छन् । अन्य समूह जम्मा ०.०६ प्रतिशत बढ्यो । बैंकिङ ०.९२, विकास बैंक २.७७, फाइनान्स ५.१९, होटल तथा पर्यटन १.३८, हाइड्रोपावर १.७३, लगानी ०.०८, जीवन बीमा ०.६५, उत्पादन १.५१, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा ०.९५ र व्यापार २.९७ प्रतिशत घटे ।
नाडेप लघुवित्त र उपकार लघुवित्तको मूल्य ४ प्रतिशत बढ्यो । निफ्राको ३.३२, रसुवागढी हाइड्रोपावरको ३.१ प्रतिशत मूल्य बढ्यो । ४ कम्पनीको मूल्य १० प्रतिशत घटेको छ।
सपोर्ट माइक्रोफाइनान्स, जानाकी फाइनान्स, पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत घट्यो । गुहेश्वरी फाइनान्सको ९.३, बोटलर्स नेपाल तराईको ९.२५, मल्टिपर्पस फाइनान्सको ७.८, सेन्ट्रल फाइनान्सको ७.२२ तथा गुराँस लघुवित्तको ६.९ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा प्रभु बैंक, नेपाल फाइनान्स, जानाकी फाइनान्स, एनएलजी इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ पुस २०८१, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेयर बजारमा सामान्य वृद्धि, बढ्यो कारोबार
सेयर बजार बढ्यो
२६०९ अंकमा झर्यो सेयर बजार, साढे ४ प्रतिशत घट्यो फाइनान्स
नेप्से र कारोबार रकम दुवै बढे
१४ अंकले बढ्यो शेयर बजार, ५ अर्ब बढीको कारोबार
बढ्यो सेयर बजार