काठमाडौं । साता कारोबारको अन्तिम दिन अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि बजारको परिसूचक नेप्से बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.१९ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २६३० अंकमा पुगेको छ ।
कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब ३२ करोडको भयो ।अधिकांश कम्पनी १६३ को मूल्य घटेको छ भने ७० को बढ्दा ९ को स्थिर रह्यो । मुख्यतः यस दिन ‘हाइक्याप सेक्टर’ बैंकिङ बढ्दा समग्र बजार बढेको छ । सो समूह १.८१ प्रतिशत बढ्यो । ‘हाइक्याप सेक्टर’ बढेकै कारण अधिकांश कम्पनीको मूल्य घट्दा पनि बजारलाई प्रभाव देखिएन।
बैंकिङबाहेक व्यापार २.३१, माइक्रोफाइनान्स ०.१४ तथा लगानी समूह ०.२७ प्रतिशत बढे । विकास बैंक २.४८, फाइनान्स २.७०, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर १.२८, जीवन बीमा ०.३०, उत्पादन ०.०८, निर्जीवन बीमा ०.२६ र अन्य समूह ०.१६ प्रतिशत घटे ।
आत्मनिर्भर र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ७.३२, प्रभु बैंकको ५.८ तथा कुथेली बुखरी स्मल हाइड्रोको ५.०५ प्रतिशत मूल्य बढ्यो ।प्रभुका अलवा मूल्य धेरै बढेका वाणिज्य बैंकहरूमा एनआईएमबी, ग्लोबल आईएमई, कुमारी, नेपाल एसबीआई, कृषि विकास, हिमालयन तथा नेपाल बैंक क्रमशः रहे ।
यस दिन विकास बैंकका लगानीकर्ता केही शशंकित देखिएका छन् । अघिल्लो दिन समस्याग्रस्त घोषणा भएको कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । जसले गर्दा कमजोर अवस्था रहेका विकास बैंकको मूल्य उच्च दरले घट्यो ।
कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । जोशी हाइड्रोपावरको ९.९ तथा सप्तकोशी विकास बैंकको मूल्य ९.४ प्रतिशत घट्यो । ग्रीन डेभलपमेन्ट बैंकको ८.४, एक्सल डेभलपमेन्ट बैंकको ४.४ तथा मितेरी डेभलपमेन्ट बैंकको ३.५ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा प्रभु बैंक, जानाकी फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, कुमारी बैंक र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ पुस २०८१, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१४ अंकले बढ्यो शेयर बजार, ५ अर्ब बढीको कारोबार
बढ्यो सेयर बजार
१३.५३ अंकले घट्यो नेप्से, परिसूचक २५८३ बिन्दुमा
उच्च अंकले घट्यो सेयर बजार
५.६० अंकले घट्यो सेयर बजार, ४ अर्ब २७ करोडको कारोबार
नेप्से परिसूचक २.९५ अंकले बढ्यो