काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै समय सकिएपछि कमिलाको पनि पखेटा पलाउने टिप्पणी गरेका छन् ।
एमालेका अध्यक्ष समेत रहेका ओलीले नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र रविको सरकारले जथाभाबी बोल्न र गर्न थालेपछि काँग्रेससँग मिलेको सुनाए ।
उनले भने, ‘मुद्दा मामिला गरेर फसाउने कुरा पहिले महेन्द्रको पालामा अराष्ट्रिय तत्व मात्रै भनेर आरोप लगाउँथे, पछि त अनेक खालको आरोप लगाउने, भ्रष्टाचारी भनेर आरोप लगाउने, अस्ति प्रचण्ड–रविको सरकार हुँदा पनि त्यस्तै कुरा उनीहरूले दोहोर्याउन खोजे, यिनीहरुले् जथाभाबी बोल्न र गर्न थाले, अस्थिरता, अन्योल र भ्रष्टाचार देशमा सीमा रहेन, जनताले एमाले र कांग्रेसजस्तो पार्टी हुँदा हुँदै यो कसको के नाच हुन् यी ? काँग्रेस र एमाले ट्वाँ परेर हेरिरहेको छ । अरु धुमाधाम नाचिरहेका छन् । त्यसैले यो सच्याउनुपर्छ भनेर मिलेका हौँ ।’
उनले झिंगाको सरापले डिंगा, गाईभैंसी, पशु केही पनि नगर्ने बताए । उनले थपे, ‘केहीले अहिले सरापेको सरापेकै छन् । सरकार ढलिजाओस् भनेर । तर झिंगाको सरापले डिंगा मर्दैन, गाईभैंसी, पशु केही पनि मर्दैनन् । समय सकियो भने कमिलाको पनि पखेटा पलाउँछ । कमिलाले पखेटा पलाएपछि उड्न त उड्छ तर माथि पुगेपछि चराले क्वाप्प पारेर खाइदिन्छ । यिनीहरूलाई पनि त्यस्तै भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०३ पुस २०८१, १९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक र प्रधानमन्त्रीबीच कुरो मिलेन, आज पनि आन्दोलन जारी
प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह
सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली आज चितवन जाँदै
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन: प्रधानमन्त्री ओली
उपलब्धिहरूलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अघि बढौँ: प्रधानमन्त्री