काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेसले सरकारमा हुँदैमा विधि विपरीतको काम नगर्ने बताएका छन् । नेपाली काँग्रेसको सय दिने अभियानअन्तर्गत आइतबार काठमाडौं वडा नं ३१ मा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘काँग्रेस सरकारमा हुँदैमा विधि विपरीतको काम गर्दैन । विधिअनुसार सरकार सञ्चालन हुन्छ, ‘उनले भने,‘काँग्रेस विधिको लागि लडेको पार्टी हो । विधि विपरीतको काम गर्दैन ।’ उनले अहिले भनेको आधारमा काम नहुने भन्दै विधि र प्रक्रियाअनुसार काम हुने कुरा बुझ्न पनि कार्यकर्ताहरूलाई आग्रह गरे ।
काँग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले संगठनलाई बलियो बनाउने हो भने ग्रासरूट लेबलमा ध्यान दिनुपर्ने बताए । उनले पार्टीका संरचनाहरूले आ-आफ्नो तहमा जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए । त्यस्तै उनले जनप्रतिनिधि संगठनकै आधारमा बनेको भन्दै वडा सदस्य देखि मन्त्रीसम्मले पार्टीसँग सम्बन्ध राम्रो बनाएर काम गर्नुपर्ने बताए । ‘संगठनलाई कमजोर बनाउनुहुँदैन । जनप्रतिनिधिले संगठनकै बलमा बन्ने हो , ‘उनले भने, ‘बोलेर होइन जनप्रतिनिधिले कामबाट देखाउनुपर्छ । जनप्रतिनिधि राम्रो काम गरे पार्टी संगठन सुदृढ हुन्छ ।’ उनले पार्टीभित्र यो गुटगत प्रभाव देखिएको भन्दै पार्टीलाई विधिअनुसार, पार्टीलाई केन्द्रमा राखेर काम गर्न आग्रह पनि गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० मंसिर २०८१, १९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र समृद्ध बनाउन कृषि उत्पादन बढाउनुपर्छ : प्रकाशमान सिंह
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह
सम्पदाहरूको बजारीकरण गरेर देशमै रोजगारी सिर्जना गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह
सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह
आर्थिक समृद्धिका लागि काँग्रेस सक्षम छ, उच्च मनोबल राख्नुस् : उपप्रधानमन्त्री सिंह
पार्टी व्यवस्थापन कांग्रेसको मुख्य चुनौती : प्रकाशमान सिंह