काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) को पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमान्डु गुर्खाजले पहिले फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरअघि काठमान्डुले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो। हार्ने टोली शीर्ष चारको दौडबाट बाहिरिने सम्भावना भएकाले दुवै टोली आजको खेल जित्नैपर्ने दबाबमा छन्।
अब दुई खेल बाँकी रहँदा दुवै खेल जित्ने टोली प्लेअफ पुग्ने सम्भावना बलियो छ। त्यसैले आजको प्रतिस्पर्धा यी दुई टोलीका लागि निर्णायक छ।
आजै हुने दोस्रो खेलमा चितवन विजयी भएमा पहिलो खेलमा हार्ने टोलीको प्लेअफ सम्भावना अन्तिम खेलअघि नै सकिन्छ।
आफ्नै नतिजामा निर्भर हुन भने दुवै खेल जित्नैपर्ने हुन्छ। दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दै छन्।
लिगका ५ खेलमा २ खेलमा जित र ३ खेलमा हार भोगेका काठमान्डु पोखराको समान ६ अंक छ। तर पोखराभन्दा नेट रनरेटमा अघि रहँदै काठमान्डु छैटौँ स्थानमा छ भने पोखरा सातौँ स्थानमा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ मंसिर २०८१, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’विरुद्ध पहिले फिल्डिङ गर्दै