काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गतेलाई सरेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक सार्ने निर्णय गरेको हो ।
खबरदारी सभा र पालिका सम्मेलन एकसाथ गर्ने भनिएकोमा मंसिर मसान्तसम्म हुन नसकेकाले त्यसको तयारीका लागि बैठक सारिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । यसअघि कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको थियो ।
केन्द्रीय कमिटी बैठकको तयारीका लागि माओवादी केन्द्रले पुस १८, १९ र २० गते स्थायी कमिटीको बैठक बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ मंसिर २०८१, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन : माओवादी केन्द्र
माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सहयोग आदानप्रदान सम्बन्धमा समझदारी
नयाँ वर्षमा नयाँ सरकार बन्छ: प्रचण्ड
माओवादी केन्द्रका उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै
अपराधिक कार्य गर्ने सबैलाई कारबाही गर : माओवादी केन्द्र
दलित समुदायको उत्थान नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : राधेश्याम पासवान