एजेन्सी । भारतीय राज्य तमिलनाडुमा भारी वर्षाका कारण मदुरै र तिरुनेलवेलीलगायत धेरै जिल्लामा शुक्रबार विद्यालय बन्द गरिएका छन्। पुडुचेरीमा पनि विद्यालय बन्द रहनेछन्।
भारतको अंग्रेजी पत्रिका द हिन्दुका अनुसार शुक्रबार मदुरै र मायेलादुतुराईबाहेक अन्य प्रभावित जिल्लाका कलेक्टरले शुक्रबार विद्यालयमा बिदा दिने घोषणा गरेका छन्।
समाचार एजेन्सी एएनआईका अनुसार तिरुनेलवेलीमा भारी वर्षाका कारण धेरै ठाउँ जलमग्न भएका छन्। बुधबार रातिदेखि तमिलनाडुका धेरै क्षेत्रमा भारी वर्षा भइरहेको छ।
शुक्रबार (डिसेम्बर १३) सम्म धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको भारतीय मौसम विभागले जनाएको छ।
भारतीय मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा बनेको न्यून चापका कारण तमिलनाडुमा भारी वर्षा भइरहेको हो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २८ मंसिर २०८१, ०९ : ५०
लेखकबाट थप