वीरगन्ज । जिल्ला सरकारी वकिलको कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग मंगलबार करिब ५ घण्टा बयान लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि सुरु भएको बयान आजका लागि सकिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका मुख्य न्यायधिवक्ता भोलानाथ निरौलाले सभापति लामिछानेसँग करिब ५ घण्टा बयान गरेको जानकारी दिए । उनले अब लामिछानेसँग लिखित बयान हुने जानकारी दिए ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेमाथि अनुसन्धान नसकिएकाले उनलाई मंगलबार पनि पर्सा प्रहरी कै हिरासतमा राखिने प्रहरी स्रोतले जनाएको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेपछि प्रहरीले अनुसन्धान थालेको हो । लामिछानेसहित १४ जनामाथि अनुसन्धान गर्न पर्सा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ मंसिर २०८१, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो सरकारले जिउँदै छोड्नु नै मेरो जित हो: रवि लामिछाने
पार्टी कार्यालयमा रवि लामिछानेले बजाए घण्टी
रवि लामिछाने फर्किए पार्टीको जिम्मेवारीमा
रवि लामिछानेले गरे कुलमानलाई बर्खास्त गर्ने निर्णयको सांकेतिक विरोध
मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौं : रवि लामिछाने
रवि लामिछाने पुनरावेदनका लागि पाटन उच्च अदालत पुगे