काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी बैठक बोलाएको छ। मंसिर २६ र २७ गते बस्ने गरी बैठक बोलाइएको उपमहासचिव राजकुमार भट्टराईले बताए।
बैठकमा नेताहरूको कार्य विभाजनबारे निर्णय लिने जनाइएको छ।असारमा महाधिवेशन गरेको नेकपा एसले अझै नेताहरूको कार्य विभाजन टुंग्याउन सकेको छैन। विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोक्नको लागि अध्यक्ष माधव नेपालको नेतृत्वमा कार्यदल नै बनाएर काम गरिरहे पनि सहमति जुट्न सकेको छैन।
बैठकमा स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० मंसिर २०८१, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार संरक्षण गर्नुपर्छ : माधव नेपाल
एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने
नेकपा एसको महाधिवेशनमा साझा दस्ताबेज पेस हुने
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी
नेकपा एसका साङ्गठनिक प्रगति विवरण केन्द्रलाई बुझायो
एकीकृत समाजवादीको महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने