काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी आज पनि जारी छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीको १७औँ स्थायी कमिटी बैठक बसिरहेको हो ।
हिजोदेखि सुरु भएको बैठकमा आज पनि नेताहरूले आआफ्नो धारणा राख्ने एकीकृत समाजवादीका एक नेताले जानकारी दिए । हिजोको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राख्नुभएको र महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनका तयारीसहितका एजेन्डाबारे जानकारी गराएका थिए ।
यस्तै, बैठकमा स्थायी कमिटी सदस्यहरू साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले आफ्ना कुरा राखेका थिए । आज बाँकी नेताहरूले मन्तव्य राख्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० बैशाख २०८१, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक
अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार संरक्षण गर्नुपर्छ : माधव नेपाल
एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने
नेकपा एसको महाधिवेशनमा साझा दस्ताबेज पेस हुने
नेकपा एसका साङ्गठनिक प्रगति विवरण केन्द्रलाई बुझायो
एकीकृत समाजवादीको महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने