विद्युत प्राधिकरणमा कार्यकक्ष बनाएर ऊर्जामन्त्री खड्काले थाले काम

सफल खबर संवाददाता

बुधबार, १९ मंसिर २०८१, १४ : ५१
विद्युत प्राधिकरणमा कार्यकक्ष बनाएर ऊर्जामन्त्री खड्काले थाले काम

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा कार्यकक्ष बनाएर काम थालेका छन् ।

बुधबार उक्त कार्यकक्षबाट मन्त्री खड्काले कार्यसम्पादन समेत शुरू गरेका छन् । प्राधिकरणको केन्द्रीय कार्यालयमा मन्त्री खड्का र उनका सहयोगीका लागि समेत कार्यकक्ष बनाइएको हो ।

 

 

बुधबार उनी आफ्नो नयाँ कार्यकक्षमा पुग्दा कर्मचारीहरूले उनलाई स्वागत गरे । पछिल्लो समय डेडिकेटेड र ट्रंक लाइन विवादका बीच प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र मन्त्री खड्काबीच सम्बन्ध चिसिएको टिप्पणी हुने गरेको छ ।

घिसिङ र सरकारबीच देखिएको टसलका बीच प्राधिकरणको केन्द्रीय कार्यालयमा मन्त्रीका लागि नयाँ कार्यकक्ष निर्माण गरिएको हो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस