काठमाडौं। शिवम् सिमेन्ट्स लिमिटेड १७औं ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५’बाट सम्मानित भएको छ ।बिहीबार काठमाडौंमा कर्पोरेट खबरद्वारा आयोजित ईश्वरियल १७औं कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५ कार्यक्रममार्फत शिवम् सिमेन्ट लिमिटेडका प्रबन्ध निर्देशक रघुनन्दन मारुलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।
कार्यक्रममा फरक–फरक विधामा विभिन्न कम्पनी तथा संस्थालाई अवार्ड प्रदान गरिएको थियो । जसमध्ये शिवम् सिमेन्टलाई कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित गरिएको हो ।उत्कृष्ट उत्पादनमुलक उद्योगको रूपमा स्थापित शिवम् सिमेन्ट लिमिटेड विगतमा समेत विभिन्न अवार्डहरूबाट सम्मानित भइसकेको छ ।
५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आइरहेको शिवम् ओपीसी सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूल्ठूला परियोजनाका साथै अनेकौं संरचना निर्माणमा समेत लामो समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको जनाएको छ ।
नेपालको केन्द्र भाग हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गा प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आइरहेको छ ।
नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ चैत्र २०८१, १४ : ४८
लेखकबाट थप