वाम एकता विरुद्धका षडयन्त्र परास्त गर्नुपर्छ : नेता नेपाल

आइतबार, १६ पुस २०७४, १८ : १९
वाम एकता विरुद्धका षडयन्त्र परास्त गर्नुपर्छ  : नेता नेपाल

चितवन । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देशमा वाम एकता हुन नदिन अहिले विभिन्न शक्ति केन्द्रबाट षडयन्त्र भइरहेको बताएका छन ।

नेपाल राष्ट्रिय शिक्षक संगठन, काठमाडौँ महानगर समितिले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले एकता विरुद्ध आउने सबै बाधा र षडयन्त्र परास्त गर्नुपर्नेमा जोड दिँदै चाँडोभन्दा चाँडो दुई पार्टीको एकता गर्नुपर्ने बताए ।

उनले वामपन्थीले मुलुकमा जनताको अधिकार प्राप्त गर्नका लागि गरेको संघर्षले उनीहरु खारिएको बताउँदै उनीहरुको एकता देशको विकास र समृद्धिका लागि भएकाले कसैले पनि षडयन्त्र गर्नु नपर्नेमा जोड दिए।

नेपाली जीवन पद्धति र व्यवहारसँग जोडिएको शिक्षा नीति कार्यान्वयन गर्नुपर्ने बताउँदै नेता नेपालले त्यस्तो शिक्षाले मुलुकमा उद्यमशीलता र स्वरोजगार वृद्धि गर्ने विचार व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री नेपालले पछिल्लो समय सार्वजनिक विद्यालयले पनि निजी क्षेत्रका विद्यालयसँग गुणस्तरमा राम्रो प्रतिस्पर्धा गरिरहेको उल्लेख गर्दै भौतिक पूर्वाधार विकासका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।
राष्ट्रियसभा गठनका लागि समानुपातिकमा दर्ता भएका दलहरु मात्र सहभागी हुने हुँदा दल दर्ता गर्न तीन दिनको समय पुग्नेमा दुई साताको समय अवधि लामो भएको विचार व्यक्त गरे ।(रासस)

प्रतिक्रिया दिनुहोस