काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १० औँ राष्ट्रिय खेलकुद फागुनभित्रै हुने दाबी गरेका छन् । आइतबारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले सो दाबी गरेका हुन् ।
मन्त्री चौधरीले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू कर्णालीमै र फागुनभित्रै हुने प्रतिबद्धता जनाए । उनले पत्रिकाले लेखेको समाचार हेरेर भ्रममा नपर्न पनि उनले सांसदहरूसँग आग्रह गरे । उनले दसौँ राष्ट्रिय खेलकुद मंसिर २ गतेदेखि तोकिएकोमा भौतिक पूर्वाधारको कमीका कारण सञ्चालन गर्न नसकेको भएपनि अब मिति नसर्ने बताए ।
मन्त्री चौधरीले प्रदेश सरकारले करोडौं लगानी गरेर रंगशाला बनाएको भन्दै फागुनमै हुनेमा विश्वस्त हुन आग्रह गरे । भौतिक पूर्वाधार करिब सकिएको र अहिले पनि खेलाडीहरूको व्यवस्थापन ठुलो चुनौती रहेको उनले बताए ।
मन्त्री चौधरीले देश र युवाहरूको चाहना खेलकुदमा सोचेभन्दा बढी आकर्षण रहेको बताए । सरकारले खेलकुदमा बजेट बढाउन नसके युवाहरूको चाहना पूरा गर्न नसकिने उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेलकुद मन्त्री चौधरीले सोधे प्रमुख आयुक्तलाई १० बुँदे स्पष्टीकरण
युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी
स्काउटको जग्गा विवाद सुल्झाउन पहल गर्छु : खेलकुमन्त्री चौधरी