काठमाडौं। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालमा स्काउटको जग्गाको विवाद सकभर छिटो सुल्झाउन आफूले पहल गर्ने बताएका छन् । आइतबार सिंहरदरबारस्थि मन्त्रालयमा स्काउटसँगको ब्रिफिङपछि मन्त्री चौधरीले स्काउटको जग्गा विवादको कुरा सुल्झाउन आफूले सक्दो पहल गर्ने बताए ।
मन्त्री चौधरीले भने, ‘हामीसँग जग्गा छ । लैनचौरको जग्गा विवाद हामी सकभर छिटो समाधान गर्ने छौं । त्यसमा हामी पर्यटकीय प्रयोग हुने गरि तालिम केन्द्र बनाउन सक्छौं ।’ उनले स्काउटलाई खेलकुद पर्यटनको माध्यम बनाउने गरी पहल समेत प्रतिवद्धता जनाए ।
स्काउटको लालपुर्जा सहितको जग्गा १२ जिल्लामा रहेको भए पनि सही उपयोग नभएको भन्दै मन्त्री चौधरीले यसको सही तथ्याङ्क निकाल्नसमेत निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी