काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब तरलता प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन बोलकबोल मार्फत २१ दिनका लागि उक्त परिमाण बराबर तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल हो ।यसअन्तर्गत बोलकबोलका आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्छ । जसले बजारमा अधिक रहेको तरलता प्रशोचन हुन्छ । बोलकबोल नगरिकन निक्षेप संकलन दरमा निक्षेप संलन गर्न सकिने व्यवस्था पनि छ । जसलाई स्थायी निक्षेप सुविधा पनि भनिन्छ । राष्ट्र बैंकले तरलता प्रशोचनका लागि दुवै विकल्प प्रयोगमा ल्याएको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि अन्तरबैंक ब्याजदर घट्दै जाँदा राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने गर्छ । मौद्रिक नीतिमा केन्द्रीय बैंकले अन्तरबैंक दर नीतिगत दरको करिब राख्ने घोषणा मौद्रिक नीतिमा गरेको थियो । तर, त्यसलाई कार्यान्वयन गर्न सकेको छैन ।
निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा उपलब्ध गराएको र निक्षेप बोलकबोल समेत गर्दा निक्षेप संकलन दर वरिपरि अन्तरबैंक दर रहेको छ । आइतबार २१ दिनका लागि ५० अर्ब निक्षेप बोलकबोल हुने भएको छ । जसका लागि दिउँसो २ बजेसम्म बोलकबोल पेस गर्न सकिने छ । उक्त उपकरणमा लगानी गर्नेले साँवा र ब्याज ७ पुसमा पाउनेछन् ।
बोलकबोलमा भाग लिनेले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन पेस गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ प्रणालीको ४० अर्ब खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप खिच्दै
राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको २१ करोड लगानी गर्ने
७० अर्बको तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकको तटस्थताले सेयर बजारमा अन्योल
मौद्रिक नीतिको समीक्षा सार्वजनिक, नीतिगत व्यवस्थामा भएन परिवर्तन