काठमाडौं। काठमाडौं, रसुवा, चितवन र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा रोकिराखेको बा ४ ख ६१८२ नम्बरको टिप्परमा प्र ३-०२-००४ प ०२०५ नम्बरको मोटरसाइकल ठक्कोकिँदा वीरगञ्ज महानगरपालिका-१४ मुरलीवगैंचा घर भई काठमाडौं काँडाघारी हात्तीडाँडा बस्ने ४५ वर्षीय सञ्जय सिंहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिप्पर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका-५ मा हाकुबेशी ड्यामसाईडबाट हाकुबेशीतर्फ आउँदै गरेको बा प्र ०२-०११ प ४६०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक आमाछोदिङ्मो गाउँपालिका-१ हाकुबेशी घर भएका २० वर्षीय राम बहादुर तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, चितवनको राप्ती नगरपालिका-५ खहरे पुलस्थित सडकमा काँकडभित्ताबाट चितवनतर्फ आउँदै गरेको प्र १-०१-००१ ख ४१३८ नम्बरको बसको ठक्करबाट पैदलयात्री राप्ती नगरपालिका-६ बस्ने ६२ वर्षीय मनुराम महतोको शनिबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता कैलालीको लम्कीचुहा नगरपालिका-१ सु.प.प्र.०१-०११ प ४७०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक जानकी गाउँपालिका-१ बस्ने ३५ वर्षीय विमल डगौरा थारूको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
ब्राजिलमा भीषण सवारी दुर्घटना, बसमा आगलागी हुँदा ३८ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु