काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारीमा रहनु परेकाले आज हुने नेपाल प्रिमियर लिग(एनपीएल)को खेल हेर्ने मौका नपाएको बताएका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत एनपीएलको आजको खेल हेर्न नपाउने भएको बताएका हुन्।
उनले लेखेका छन् -‘कीर्तिपुरको क्रिकेट मैदानमा आजदेखि नेपाल प्रिमियर लिग(एनपीएल)सुरु हुँदैछ । हाम्रो छिमेकी मित्रराष्ट्र चीन भ्रमणको तयारीमा रहनु परेकाले आज खेल हेर्ने मौका पाउन सकिनँ, एनपीएलमा सहभागी हुने ८ वटै फ्रेन्चाइज टोलीले उत्कृष्ट खेल्ने छन् । विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स, सबै टोलीलाई शुभकामना । सबै खेलाडीलाई सम्झेको छु है !
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ मंसिर २०८१, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक र प्रधानमन्त्रीबीच कुरो मिलेन, आज पनि आन्दोलन जारी
प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह
सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली आज चितवन जाँदै
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन: प्रधानमन्त्री ओली
उपलब्धिहरूलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अघि बढौँ: प्रधानमन्त्री