काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सिर्जना र कृषि क्रान्तिका लागि फरक ढंगले नीति तर्जुमा गरिने बताएका छन् ।
सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादन र उत्पादकत्व वृद्धि गरेर न्यायोचित वितरण गर्न आफूहरूले नयाँ ढंगले काम गरिरहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले आफ्नै समयमा देशमा परिवर्तन ल्याउनुपर्ने भएकाले परिवर्तनको भार भावी सन्ततिलाई जिम्मा नदिने बरु त्यसको अनुभूति दिने बताए ।
नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले एमाले गफ गर्नेभन्दा काममा विश्वास गर्ने पार्टी भएकाले जिफन्टकै अग्रसरतामा मुलुकमा सफल मजदुर आन्दोलन भएको र सामाजिक सुरक्षाका कार्यक्रम ल्याउन प्रेरणा मिलेको बताए । उनले सामाजिक सुरक्षा कार्यक्रम थालनी भएको सात वर्षमा उल्लेख्य काम भएको र आगामी एक वर्षभित्र सामाजिक सुरक्षा कार्यक्रमको अवस्थामा अहिलेको भन्दा प्रगति भएको अवस्था हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ मंसिर २०८१, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गरियो : प्रधानमन्त्री ओली
सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीद्वारा सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस
अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छः प्रधानमन्त्री ओली
कुनै बहानामा चिकित्सकलाई न्युनतमभन्दा कम तलब दिन पाइँदैन : प्रधानमन्त्री ओली
युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री ओली