काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण चार दिने हुने भएको छ । मंशिर १७ गते चीन जान लागेका ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् ।
जसका लागि मंशिर १८ को मिति तय गरिएको छ । उनी बेइजिङबाहेक अन्य कुनै सहरमा जाने छैनन् । मुख्यतयाः चीनको ठुलो परियोजना बिआरआई कार्यान्वयन सम्झौता गर्नका लागी चीन जान लागेका प्रधानमन्त्री ओली सोही सम्झौताका बारेमा बढी केन्द्रित हुनेछन् ।
त्यसको तयारीका लागि परराष्ट्र मन्त्री आरजु राणा पाँच दिन अगावै मंशिर १३ गते चीन जानेछिन् । मुख्यतयाः चीनको ठुृला परियोजना बिआरआई कार्यान्वयनसम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबिच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभुमी तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेको बुझिएको छ ।
विआरआइ सम्झौता कार्यन्वयनका लागि देशमा दुइ धार देखा परे पछि प्रधानमन्त्री ओलीले आज पुर्व प्रधानमन्त्री, पुर्व परराष्ट्र मन्त्री, कुटनीतिक क्षेत्रका बिज्ञ र चिनियाँ जानकारसँग छलफल गर्दैछन् ।
प्रधानमन्त्री ओली मंसिर २० मा स्वदेश फर्किने छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० मंसिर २०८१, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गरियो : प्रधानमन्त्री ओली
सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीद्वारा सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस
अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छः प्रधानमन्त्री ओली
कुनै बहानामा चिकित्सकलाई न्युनतमभन्दा कम तलब दिन पाइँदैन : प्रधानमन्त्री ओली
युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री ओली