ई-सेवाले प्रहरीलाई दियो ५१ थान मोबाइल सेट

सफल खबर संवाददाता

आइतबार, ०९ मंसिर २०८१, १३ : ०५
ई-सेवाले प्रहरीलाई दियो ५१ थान मोबाइल सेट

काठमाडौं। डिजिटल सवारी चालक अनुमति पत्रको नियमनका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले उक्त मोबाइल फोन हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले हस्तान्तरण भएका स्रोत साधनहरू डिजिटल चलानको कार्यान्वयनमा अत्यन्तै उपयोगी हुने विश्वास लिएको बताए । यस्ता सहकार्य र समन्वयले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्ने उनको भनाइ छ । 

 

 

 

 

कार्यक्रममा ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले हस्तान्तरण गरिएका मोबाइलबाट नेपाल प्रहरीले आत्मसाथ गरेको नयाँ प्रविधिलाई सहयोग पुग्ने बताए । आगामी दिनमा ट्राफिक प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने खड्काले बताए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, ई-सेवाका पदाधिकारीलगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।

 

 

प्रतिक्रिया दिनुहोस