दमौली (तनहुँ)। मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेको छ । आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो ।
मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यसअघि एक तहको कालोपत्र भइसकेको स्थानमा अन्तिम चरणको कालोपत्र थालिएको हो । हालसम्म दुई दशमलव चार किलोमिटर कालोपत्र सकिएको छ । पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर कालोपत्र भएको छ । त्यसमध्ये २९ किलोमिटर खण्डमा चार लेन र पाँच किलोमिटर खण्डमा दुई लेन कालोपत्र भएको छ ।
पूर्वी खण्डअन्तर्गत दमौलीको बुल्दीपुलदेखि घाँसीकुवा क्षेत्रमा पनि केही दिनमा कालोपत्र गरिने इञ्जिनियर पाण्डेले बताए । दमौली बजारमा सडक विस्तार निर्माण भइरहेको छ ।
यो सडकको पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । यसमा १४ वटा साना पुल निर्माण भएका छन् । यो खण्ड रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारको लागतमा निर्माण हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०७ मंसिर २०८१, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घिनाटार–टाउनचोक सडक कालोपत्र शुरू
पर्वतको लुङ्खु–हुवास सडक धमाधम कालोपत्र हुँदै
मध्यपहाडी लोकमार्गको खरङ्वा–यावरा खण्ड कालोपत्र
बाटो खुलेको २५ वर्षपछि कालोपत्र
एकवर्षमा १८ किलोमिटर सडक कालोपत्र
मुग्लिन–पोखरा पश्चिम खण्डमा कालोपत्र गरिँदै