भारतीय अर्बपति गौतम अडानीमाथि ठगीको आरोप

एजेन्सी

विहीबार, ०६ मंसिर २०८१, ०८ : ३७
भारतीय अर्बपति गौतम अडानीमाथि ठगीको आरोप

एजेन्सी । भारतीय अर्बपति व्यापारी गौतम अडानीमाथि ठगीको आरोप लगेको छ ।

अडानीमाथि अमेरिकामा ठेक्का अनुबन्धका लागि २५० मिलियन डलर घुस दिने योजना बनाएको र त्यसलाई लुकाउने प्रयत्न गरेको आरोप लागेको हो । 

अडानी समूह सन् २०२३ देखि नै सन्देहको घेरामा काम गरिरहेको समाचारमा उल्लेख छ । बुधबार न्युयोर्कमा दायर गरिएको एक आरोप पत्रमा ६२ वर्षीय अडानीमाथि आफ्नो नविकरणीय ऊर्जा कम्पनीको ठेक्का अनुबन्धका लागि भारतीय अधिकारीहरुलाई रकम मुक्तानी गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरिएको छ । जुन योजनामा २० वर्षमा २ बिलियन डलरभन्दा बढी मुनाफा हुने अनुमान गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस