काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूमा भएको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बोलकबोलको माध्यमबाट राष्ट्र बैंकले उक्त रकम निक्षेप उपकरणको प्रयोग गरी उठाउने भएको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाहरूको आज दिउँसो २ बजेसम्म बोलकबोल गर्नुपर्नेछ ।
यसमा भाग लिन घटीमा रु १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिनेछ । यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुनेछन् ।
यसको ब्याजदर पनि बोलकबोलबाटै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । २१ दिनका लागि उठाउने उक्त रकमको साँवा तथा ब्याज भुक्तानी मंसिर २६ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब झिक्दै
राष्ट्र बैंकले बजारबाट ३० अर्ब झिक्दै
राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्दै
४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
तरलता धेरै भएपछि ३० अर्ब खिच्दै राष्ट्र बैंक
एकलाई निलम्बनसहित १५ वित्तीय संस्थाका सिइओ कारवाहीमा