काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारविरुद्ध टोलका सबै चोकमा ७ मिनेट खबरदारी घन्टी बजाउन आह्वान गरेको छ । आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलका चोकमा जम्मा भई घण्टी बजाउन पार्टी कार्यकर्ता र समर्थकलाई रास्वपाले आग्रह गरेको हो ।
दुई वर्षअघिको आम निर्वाचनमा मत परिवर्तनबाट मुलुकको रूपान्तरणको सुरूआत भएको दिन भन्दै रास्वपाले यस्तो कार्यक्रम घोषणा गरेको हो ।रास्वपाले भनेको छ, ‘भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोधविरुद्ध आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमा चोकमा जम्मा भई सात मिनेट खबरदारी घन्टी बजाउन सबैमा अनुरोध गर्दछौं ।’
घन्टी बजाउँदै गरेको फोटो, भिडिओहरू सामाजिक सञ्जालमा अपलोड गरी खबरदारी गर्न पनि रास्वपाले भनेको छ । दुई वर्षअघि भएको आम निर्वाचनबाट रवि लामिछाने नेतृत्वको रास्वपा २० सीटसहित प्रतिनिधि सभाको चौथो शक्तिको रूपमा उदाएको थियो ।
तर, अहिले सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि रास्वपाले राजनीतिक प्रतिशोध राखेर सरकारले समातेको भन्दै आन्दोलन गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ मंसिर २०८१, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरामा केवलकार निर्माण स्थगन गरियोस् : रास्वपा
आजदेखि रास्वपाको सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’
प्रधानमन्त्री ओलीले बोल्दाबोल्दै प्रतिनिधि सभा बैठक कक्षमा रास्वपा सांसदको प्रवेश
रवि लामिछाने संसदीय दलको कार्यालय जाँदै, सभामुखलाई भेट्ने
रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा
रास्वपाको सचिवालय बैठक बस्दै