काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
ढुंगानाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको छ । श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्रीहरू, मन्त्री, सांसद, विभिन्न राजनीतिक दलका नेता, आफन्तजन लगायत सहभागी छन् ।
श्रद्धाञ्जलीपछि उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ मंसिर २०८१, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणमा ८ सम्झौता
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै
प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै
प्रधानमन्त्रीद्वारा लेखक कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त
ज्ञानेन्द्रप्रति प्रधानमन्त्रीको टिप्पणी रेकर्डबाट हटाउन माग
प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने