काठमाडौं। नेपाल राष्ट्र बैंक अन्तर्गत वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको 'रणनीतिक विश्लेषण प्रतिवेदन-२०२४'ले १८-२४ वर्ष उमेर समूहका विद्यार्थीहरू साइबर ठगीमा सबैभन्दा बढी संलग्न रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
साइबर प्रविधिमा आधारित ठगीका घटनाहरूमा पछिल्लो समय तीव्र वृद्धि भएको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, 'यस प्रकारका ठगीमा सामाजिक सञ्जालको दुरुपयोग, नक्कली अनलाइन व्यापार प्लेटफर्म, लोटरी ठगी, ओटीओई ठगी र गिफ्ट/पार्सल ठगी जस्ता प्रविधि प्रयोग हुने गरेको पाइएको छ ।
सन् २०२४ को पहिलो पाँच महिनामा भएका शङ्कास्पद साइबर ठगी कारोबारको विस्तृत विश्लेषणले १८-२४ वर्ष उमेर समूहका विद्यार्थीहरूको संलग्नता देखाएको हो । अधिकांश शङ्कास्पद कारोबार बैंकहरूमा नयाँ खुलेका खातामा पहिलो तीन महिनाभित्र भएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
ठगीका क्रममा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीको दुरुपयोग हुने गरेको प्रतिवेदनले देखाएको छ । यसरी ठगीबाट प्राप्त सम्पत्ति शुद्धीकरण गर्न प्रयोग गरिने विभिन्न तरिकाको पनि प्रतिवेदनमा चर्चा गरिएको छ ।
प्रतिवेदनले साइबर ठगी न्यूनीकरणका लागि नियामक निकाय, अनुसन्धानकारी संस्था, र कानुन कार्यान्वयन निकायलाई विशेष सुझाव प्रदान गरेको छ । साथै, साइबर ठगी पहिचान गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई 'रेड फ्ल्याग' को सूची समेत उपलब्ध गराउन सिफारिस गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले ६ संस्थाको तरलता अवस्था विश्लेषण गर्दै
बैंकिङ प्रणालीको ४० अर्ब खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप खिच्दै
राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको २१ करोड लगानी गर्ने
७० अर्बको तरलता खिच्दै राष्ट्र बैंक