काठमाडौँ । अतिक्रमित संरचना भत्काउन काठमाडौँ महानगरपालिका नगर प्रहरी बल गौशाला क्षेत्रमा डोजर सहित पुगेको छ । महानगरपालिकाले चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन पुगेको हो ।
चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना महानगरपालिकाले हटाउन पुगेको नगर प्रहरीले जनाएको छ । चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० कार्तिक २०८१, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा अतिक्रमित संरचना हटाउन सुरु