काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवारका लागि एक जनाको मात्र दाबी परेको छ ।
रास्वपाका कीर्तिपुर नगर सभापति जयराम कार्कीले मात्र मेयरका लागि दाबी गरेका हुन् । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवार हुन इच्छुकका लागि २२ देखि २५ कात्तिकभित्र दाबी पेस गर्न आह्वान गरेको थियो ।
त्यस अवधिमा कार्कीले मात्र दाबी पेस गरेका हुन् । एकल दाबी परेकाले आफ्नो उम्मेदवारी करिब पक्का भएको कार्कीले दाबी गरेका छन् । कीर्तिपुरमा मेयर र दुई वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । वडा नम्बर १ मा भने रास्वपाबाट उम्मेदवार सिफारिस भएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ कार्तिक २०८१, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरामा केवलकार निर्माण स्थगन गरियोस् : रास्वपा
आजदेखि रास्वपाको सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’
प्रधानमन्त्री ओलीले बोल्दाबोल्दै प्रतिनिधि सभा बैठक कक्षमा रास्वपा सांसदको प्रवेश
रवि लामिछाने संसदीय दलको कार्यालय जाँदै, सभामुखलाई भेट्ने
रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा
रास्वपाको सचिवालय बैठक बस्दै