काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ । परिसूचक सामान्य अंकले बढे पनि कारोबार भने १० अर्ब नाघेको छ । बिहीबार २ करोड १६ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३२ करोड ३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
यो साता समग्रमा सेयर बजार १० प्रतिशतले बढेको छ । आइतबार परिसूचक २७३८ बिन्दुमा थियो । सोमबार २२ अंकले बढ्दै २७६० बिन्दुमा उक्लियो । मंगलबार र बुधबार भने बजारमा गिरावट देखियो । बुधबार बजार बन्द हुँदा परिसूचक २७३४.३८ बिन्दुमा थियो । बिहीबार परिसूचक २७४८.७९ बिन्दुमा पुगेर कारोबार रोकिएको छ ।
बिहीबार १५९ कम्पनीको सेयर मूल्य बढेको छ । ७९ कम्पनीको घट्दा ६ कम्पनीको मूल्य स्थिर रह्यो । बिहीबार गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, माथिल्लो हेवाखोला जलविद्युत् लगायत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
कारोबार रकमका हिसाबले भने जानकी फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । बिहीबार यसको ३५ करोड २५ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो ।
बिहीबार जलविद्युत् उपसमूहको सूचक १.३४ र विकास बैंक उपसमूहको सूचक १.२१ प्रतिशतले बढेको छ । अन्य उपसमूहको वृद्धि भने १ प्रतिशत पनि पुग्न सकेन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ कार्तिक २०८१, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सातामा नेप्से ६५.२७ अंकले वृद्धि
सेयर बजार २७४३ अंकमा पुग्यो
सेयर बजारमा आज १० अर्ब नाघ्यो कारोबार
सेयर बजार २७ सय नजिक पुग्यो, साढे ९ अर्बको कारोबार
२६७८ अंकमा झर्यो सेयर बजार
सेयर बजार २६८५.७३ विन्दुमा, पौने ९ अर्बको कारोबार