काठमाडौं । भारतले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा भारतले दक्षिण अफ्रीकालाई ६१ रनले पराजित गरेको हो ।
भारतले दिएको २०३ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका १७.५ ओभरमा अल आउट हुदै १४१ रन मात्र बानाएको थियो ।
दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले २५, गेराल्ड कोएत्जीले २३ बाहेक अन्य ब्याट्सम्यानले योगदान दिन असफल भएका थिए । दक्षिण अफ्रिकाको ब्याटिंग ध्य्वस्त गर्नेक्रममा भारतीय बलर बरुण चक्रवर्ती र रवि विस्नोईले ३-३ विकेट लिएका थिए भने आवेश खानले २ तथा अर्शदीप सिंहले एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ८ विकेट गुमाउदै २०२ रन बनाएको थियो । भारतका लागि सन्जु सामसनले १०७ रन बनाएका थिए भने तिलक बर्माले ३३, कप्तान सुर्यकुमार यादवले २१, रिंकु सिंहले ११ रन बनाएका थिए ।
भारतको यो जितपछि ४ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ कार्तिक २०८१, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
भारतको केन्द्रीय बैङ्कले ५ वर्षमा पहिलो पटक रेपो दर घटायो
इंग्ल्याण्डविरुद्धको एक दिवसीय खेलमा भारत विजयी : गिलको शानदार ब्याटिङ
भारतले बंगलादेशमा पठायो १६ हजार टन चामल
भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत पुग्ने अनुमान
भारतमा महाकुम्भ भाग दौडमा १५ जनाको मृत्यु