काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंसिर १६ गते हुने उपनिर्वाचनको लागि कमाण्डर तोकेको छ। पार्टी पदाधिकारीसहित नेताहरुले निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिको रूपमा पठाएको हो।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार भक्ति सिटौला, प्रल्हाद साह, राजेन्द्र गुरुङ, समृद्धि राणा, भरत गिरी, रोशन झा, सहकोषाध्यक्ष शोभित उप्रेती, राजन खतिवडा, ज्ञानबहादुर शाहीलाई निर्वाचन क्षेत्र तोकेको कमाण्ड बनाएर पठाइएको छ।
यस्तै, प्रकाश रिमाल, उद्धव थापा, झनक प्याकुरेल, दीपकबहादुर सिंह, राजराज कोइराला, प्रदीप उदय, कुन्तीकुमारी शाही, दिपबहादुर शाही, शौरेन्द्रबहादुर शाह, अंगद बुढा, धवलशम्शेर जबरा, प्रेम बलायर, धर्मराज जोशीलाई निर्वाचन क्षेत्रका कमान्डर तोकेको उनले बताए।
स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिसस प्रमुख गरी ४४ पदमा हुने उपनिर्वामा राप्रपाले कुनै दलसँग पनि तालमेल नगरी चुनाव लड्ने तयारी गरेको बताए। केही क्षेत्रमा उम्मेदवार टुंगिसकेको भए पनि केही दिनमा सबै ठाउँमा उम्मेदवार टुंग्याएर चुनावी अभियानमा लाग्ने उनको भनाइ छ।
उनले गएको निर्वाचन भन्दा अहिले नतिजा सुधार गर्ने लक्ष्यका साथ पार्टीले काम गरिरहेको बताए। उनले अहिलेसम्म कुनै दलसँग तालमेल हुनसक्ने अवस्था नदेखिएको पनि बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ कार्तिक २०८१, १८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
तीनकुने घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ: राप्रपा
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
बल्खुमा राप्रपाको खबरदारी सभा (तस्बिरहरु)
बल्खुमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै