चौध जुवाडे पक्राउ

मंगलबार, ३० असोज २०७५, १८ : ४९
चौध जुवाडे पक्राउ

जुम्ला । बसपार्क नजिकैको पुलहाउसमा जुवा खेल्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जुवा खेल्दै गरेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उनीहरूलाई रु दुई लाख ५१ हजारसहित पक्राउ गरेको हो । उक्त रकम जफत गरिएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । 
दशैँतिहारका नाममा बढ्न सक्ने जुवातास, मदिरा सेवनलगायतका क्रियाकलाप रोक्न जुम्ला प्रहरीले अभियान शुरु गरेको छ । सदरमुकाम आसपासका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । पक्राउ परेका सबै जुवाडे चन्दननाथ नगरपालिका क्षेत्रका भएपनि प्रहरीले नाम सार्वजनिक गरेको छैन । (रासस) 

प्रतिक्रिया दिनुहोस