आज विदेशी मुद्राको विनिमय दर कति ?

सफल खबर संवाददाता

मंगलबार, १३ कार्तिक २०८१, ०७ : ४२
आज विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, बहराइन र कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको विनियमदर भने बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा थियो। 

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ८६ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४४ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५६ पैसा थियो। 

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २१ र बिक्रीदर एक सय ७४ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ र बिक्रीदर एक सय ७४ रुपैयाँ ७८ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०५ पैसा थियो। 

प्रतिक्रिया दिनुहोस