चितवन । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकार विधिको शासन कायम गर्न लागिपरेको बताएका छन् । उनले सरकार कसैका प्रति पूर्वाग्रही नभएको प्रस्ट पारे ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले सोमबार अर्थात् आज आयोजना गरेको दीपावली विशेष कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सो कुरा बताएका हुन् ।‘यो कांग्रेस एमालेको संयुक्त सरकारले कसैप्रति द्वेषभाव राखेको छैन र राख्दैन पनि । सरकारले कसैलाई लखेट्नुपर्ने कारण छैन‚’ उनले भने‚ ‘सरकारले विधिको शासन कायम गर्दछ । विधिको शासन लागू गर्दा हामीलाई लागू हुनुहुँदैन । हामी नयाँ पार्टी हौँ भन्न मिल्छ ?’
उनले आफूलाई वैकल्पिक शक्तिहरु भन्नेहरूले कानुनको पालना गर्न नहुने भन्दै प्रश्न गरे । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई लक्षित गर्दै उनले वैकल्पिक पार्टीमा इमानदारिता नदेखिएको बताए ।
‘हामी वैकल्पिक पार्टी हौँ भन्नेहरूको हविगत नदेखेको होइन । अघिल्लो चुनावमा आएका वैकल्पिकहरू अहिले कहाँ छन् ?‚’ उनको प्रश्न थियो‚ ‘अहिले पनि आएकाहरूको पनि हालत त्यही हुने हो । यिनीहरूमा इमान्दारीता हुनुपर्दैन ? यिनीहरूलाई केहि गर्नै नहुने ?’
सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । उनको रिहाइको माग गर्दै रास्वपा निरन्तर सडक आन्दोलनमा रहेका बेला उपप्रधानमन्त्री सिंहको यस्तो भनाई आएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ कार्तिक २०८१, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र समृद्ध बनाउन कृषि उत्पादन बढाउनुपर्छ : प्रकाशमान सिंह
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह
सम्पदाहरूको बजारीकरण गरेर देशमै रोजगारी सिर्जना गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह
सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह
आर्थिक समृद्धिका लागि काँग्रेस सक्षम छ, उच्च मनोबल राख्नुस् : उपप्रधानमन्त्री सिंह
पार्टी व्यवस्थापन कांग्रेसको मुख्य चुनौती : प्रकाशमान सिंह