स्वस्थ्य परिक्षण बिना चितवनमा खसी बोका तथा च्याङ्ग्राको विक्रि वितरण, क्वारेनटाईनका कर्मचारीहरु भने मौन

सफल खबर संवाददाता

मंगलबार, ३० असोज २०७५, १५ : ५२
स्वस्थ्य परिक्षण बिना चितवनमा खसी बोका तथा च्याङ्ग्राको विक्रि वितरण,  क्वारेनटाईनका कर्मचारीहरु भने मौन

चितवन । क्वारेन्टाईन कार्यालय चितवनका कर्मचारी जिम्मेवार नबन्दा चितवनमा स्वास्थ्य जाँच बिनानै खसी बोका तथा च्याङ्ग्राको ब्यापार बढेको छ ।

खसीबोका आयात गर्दा र बिक्रि गर्दा पुर्णतया निरोगी रहेको प्रमाणित गरि खरिद ओसार पोसार र बिक्री गर्नु पर्ने हुन्छ । तर यहा ब्यवसायीहरुले धमाधम खसीबोका आयात गर्ने र सडक छेउमै राखेर मनपरी मुल्य निर्धारण गरी बिक्रि गर्ने गरेका छन् । नारायणगढ बजारमा मासुको ब्यापार गर्ने भारतीय र केही तराई मुलका ब्यापारीले च्याङ्ग्रा हिमाली जिल्लाबाट र खसीबोका भारतबाट आयात गरि स्वस्थ्य प्रमाणित र क्वारेन्टाईन बिनानै ब्यापार गर्ने गरेका हुन् ।

नारायणगढको पोखरापर्सपार्क नजिकै सडक छेउमा राखेर च्याङ्ग्रा बिक्रि गरेको ब्यापारीले क्वारेन्टाईन चेक समेत नगराई ब्यापार गरिरहदा पनि रामनगरमा रहेको क्वारेनटाईनका कर्मचारीहरु चुप लागेर टुलुटुलु हेरेर बसिरहेका छन् ।

ब्यवसायीसँग कमिशनमात्रै खान कर्मचारी लागेका छन् भन्ने आरोप सबै तिरबाट आईरहँदा कर्मचारीको यो काम गराईले त्यसलाई प्रमाणित गर्ने आधार मिलेको छ । बजारमा बिक्रिका लागि ल्याइएको खसीबोका तथा च्याङ्ग्राको किन क्वारेन्टाईन नगरेको भनि कार्यालयका प्रमुख राम किशोर शाहलाई प्रश्न गर्दा च्याङ्ग्रा धनीले क्वारेन्टाईन गर्न आफुहरुकोमा ल्याउनै नमान्ने गरेकाले क्वारेन्टाईन चेक हुन नसकेको बताए ।

दिनभरी २ जना कर्मचारीलाई बिक्रि स्थलमै पठाएर क्वारेन्टाई र स्वास्थ्य जाच नगराई बिक्रि नगर्न आग्रह गर्दा पनि ब्यवसायीले अटेर गरेकोले समस्या भएको उनी बताउँछन् । आफुहरुले ब्यवसायीलाई करकाप गर्न नसक्ने र समाएर कारवाही गर्ने अधिकार पनि आफुहरुसँग नभएको भन्दै शाहले ब्यवसायीकै वकालत गरे । साह चितवन आएसँगै आपटाडीमा रहेको चेक पोइन्ट रामनगर सारेका छन् ।

पशु चेक जाँचका लागि आपटाडी आफैमा निकै उत्कृष्ठ ठाउँ सुरक्षाको हिसाबले पनि प्रहरी पनि नजिक भएकाले त्यहिनै उत्तम हुने हुदा हुदै पनि रामनगर सार्नुमा धेरैले शाहको प्रबृत्ति प्िरत आशंका प्रकट गरेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरी ब्यापार गर्ने अधिकार कसैलाई नभएको बताउदै स्वास्थ्य जाँचका लागी पशुसेवा कार्यालयलाई आग्रह गर्ने र ब्यवसायी तथा कर्मचारीको कमजोरी देखिए कारबाही गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस