लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सकिने बताएका छन् । उनले आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन क्षेत्रको विकासका लागि सरकारी तहमा हर सम्भव प्रयास भएको बताए ।
बेँसी सहर नगरपालिका-२ चिसापानी घरबासको आज उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले घरबासका माध्यमबाट पनि पर्यटन प्रवर्द्धनमा योगदान हुने भएकाले पर्यटकलाई यहाँका मौलिक उत्पादन र सम्पदाबारे जानकारी दिनुपर्छ भने । रोजगारीका अवसर सिर्जनाका साथै त्यसबाट गरिबी घटाउन पनि योगदान पुग्ने उनले बताए । उनले पर्यटकको आगमनबाट विदेशी मुद्रा आर्जन हुने र त्यसले स्थानीयको आर्थिक स्तर उकास्न मद्दत मिल्ने बताए ।
सञ्चारमन्त्री मन्त्री गुरुङले भने, “स्थानीयले होमस्टे चलाउनुपर्छ । बिजुली, सडक, खानेपानीलगायत संरचना निर्माणमा सरकारले सक्दो सहयोग गर्नेछ ।” फरक प्रसंगमा उनले पुरानो कृषि प्रणालीले उत्पादकत्व वृद्धि नहुने, कृषिको यान्त्रिकीकरणका साथै व्यावसायिकीकरणमा जोड दिँदै किसान समृद्ध भए मात्र गाउँको समृद्धि सुनिश्चित हुने बताए । खेतबारी बाँझो नराख्न पनि उनले सबैलाई अनुरोध गरे । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले ग्रामीण पर्यटन विकासका लागि घरबास उपयोगी भएका आफूले पाएको बताए ।
घरबास सञ्चालन व्यवस्थापन समितिका अध्यक्ष मिनमाया गुरुङले ४९ घर रहेको चिसापानी गाउँमा १० घरमा घरबास सञ्चालन भएका जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० कार्तिक २०८१, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छः सञ्चारमन्त्री गुरुङ
एमाले यही पाराले चले ८४ ले हावा खान्छ : पृथ्वीसुब्बा गुरुङ
डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा : सञ्चारमन्त्री गुरुङ
मानवता नै सर्वोच्च धर्म हो : सञ्चारमन्त्री गुरुङ
यो सत्ता समीकरण ०८४ सम्मै जान्छ : सञ्चारमन्त्री गुरुङ