काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिएका छन् ।
मंगलबार सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँगको बैठकमा सभामुख घिमिरेले सो निर्देशन दिएका हुन् । बैठकमा सभामुख घिमिरेले समितिमा रहेका विधेयक र त्यसलाई पारित गर्ने बारे चासो देखाएका थिए ।
बैठकमा समिति सभापतिहरुले संसद् अधिवेशन अन्त्य भएसँगै बैठक बस्न नसकेको जानकारी सभामुखलाई दिएका थिए । उनीहरुले बैठक संचालनका लागि समेत पर्याप्त बजेट नभएको गुनासो सभामुखलाई गरेका थिए । सभामुखले संसदीय समितिको बैठक नियमित राख्नका लागि समेत बैठकमा निर्देशन दिएका थिए ।
बैठकमा एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ कार्तिक २०८१, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान
संसद् अवरुद्धबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल
सभामुखको सचिवालयले भन्यो– प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन
संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौँः सभामुख घिमिरे
नेपाल- चीनबिच पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ : सभामुख घिमिरे
सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त : सभामुख घिमिरे