बैतडी । केहिदिनदेखि यहाँका जंगलमा लागेकाे डढेलोका कारण वायु प्रदूषण फैलिएको छ। जिल्लाका अधिकांश वन क्षेत्रमा लागेको डढेलोका कारण ग्रामिण तथा बजार क्षेत्रमा प्रदूषण फैलिएको हो। जसका कारण यहाँको जनजिवन समेत प्रभावित बन्न पुगेको छ।
हावामा धुवाको मात्रा बढेपछि मौसमी बिरामीको संख्या पनि बढ्दै गएको यहाँका स्वास्थ्य संस्थाहरूले बताएका छन्। आगलागीका कारण गाउँघरमा समेत रुघाखोकी र ज्वरोका विरामी बढेको दाेगडाकेदार ३ श्रीकाेटका गणेश विष्टले बताउनुभयो। प्रदूषित हावाका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित हुन पुगेका छन्।
कामका लागि बाहिर निस्कनै समस्या भइरहेको र पशु चौपायाहरूमा समेत विभिन्न खालको समस्या देखिन थालेकाे छ। आगलागीको धुवाले स्वासप्रश्वास सम्बन्धी समस्या देखिने र फोक्सो र मुटुमा समेत समस्या निम्तिने जोखिम हुने गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशिल विकले जानकारी दिए।
बैतडीका अधिकांश क्षेत्रमा आगलागीका घटना भइरहेका छन्। तर डिभिजन वन कार्यालयले भने जिल्लामा लागेको आगलागी र आगलागीका कारण भएका घटनाको कुनै विवरण राखेको छैन।
आगलागी र डढेलाेसम्बन्धी विवरण संकलनकाे काम भइरहेकाे डिभिजनल वन अधिकृत दीलिपकुमार यादवले बताए। वनजंगलमा लागेकाे डढेलाेका कारण वन्यजन्तु समेत संकटमा परेका छन्।
अस्पतालमा बिरामीको चाप
वायु प्रदूषणका कारण जिल्ला अस्पताललगायत जिल्लाका अन्य स्वास्थ्यसंस्थामा बिरामीकाे चाप बढेकाे छ। अन्य समयको तुलनामा अहिले आकस्मिक कक्ष तथा ओपिडीमा उपचार गराउन आउने बिरामीको संख्यामा वृद्धि भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर विकले बताए। अन्य समयको तुलनामा अहिले आगलागी र गर्मीको समय भएकाले उपचार गर्न आउने बिरामीको संख्या बढेको उनको भनाइ छ।
अहिले श्वासप्रश्वास,दम, ज्वरो, पेट दुख्ने , टाइफाइड,झाडापखाला,छाला तथा मलेरिया जस्ता कीटजन्य समस्या लिएर अस्पतालको आकस्मिक कक्ष तथा ओपिडीमा उपचार गर्न आउने बिरामीको संख्या बढदै गएको हो। सामान्य दिनमा जिल्ला अस्पतालमा धेरै बिरामी नआउने भए पनि गर्मी लागेसँगै अहिले दैनिक रुपमा डेढ सय भन्दा धेरै बिरामी अस्पतालमा उपचार गर्न आउने गरेका छन्।
अहिले गर्मीको समयमा तातो हावा तथा तातो लहरबाट लाग्ने रोगहरू बाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने तथा सरसफाइ र खानपानमा समेत ध्यान दिनुपर्ने चिकित्सकहरूकाे सुझाव रहेकाे छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ बैशाख २०८१, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लस एन्जलसमा डढेलोसँगै चोरी र लुटपाटको आतंक, २५० अर्बको क्षति
लस एन्जलस डढेलो : पाँच जनाको मृत्यु, एक हजार ५०० भन्दा बढी घरमा क्षति
बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति
डढेलोले दुनाटपरी बनाउने उद्योग संकटमा
ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु
ललितपुरमा डढेलो निभाउने क्रममा दुईजना घाइते, एकको अवस्था गम्भीर